उपत्यकामा ४३१ सहित देशभर थप १२०१ लाई कोरोना
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । काठमाडौं उपत्यकामा मात्रै ४३१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनालाई कोरोना पुष्टि भएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ । जसमध्ये ३७ हजार ५५४ उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप ८५२ जना डिस्चार्ज भए । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ । २४ घण्टामा १० हजार १७६ सय जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत