भक्तपुर, चितवन र धरानमा ४ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । भक्तपुर, चितवन र धरानमा गरि थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २ जनाको मृत्यु भएको छ । दमक–३, झापाका ८३ वर्षका वृद्द र बेलबारी मोरङका ५६ वर्षकी महिलाको शुक्रबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाका अनुसार भदौ ३ गते कोरोना पुष्टि भएका ८३ वर्षका वृद्दलाई मिर्गौला, उच्च रक्तचाप, मधुमेहको समस्या पनि थियो । साथै, भदौ ९ गते संक्रमण पुष्टि भएकी महिलाका बारेमा आफन्तसँग सम्पर्क नभएकाले उहाँको स्वास्थ्य हिस्ट्री बारेमा धेरै जानकारी नभएको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी भक्तपुरमा ६२ वर्षकी संक्रमित महिलाको गएराती मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उहाँको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
यस्तै कोरोना पुष्टि भएकी चितवन मेडिकल कलेजमा उपचारत हेटौडाकी ७१ वर्षकी वृद्दाको मृत्यु भएको छ । हेटौडा १९ की वृद्दालाई भदौ ७ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । वृद्दामा दम र निमोनियाको समस्या थियो ।
तपाईँको अभिमत