नेपालमा कोरोना महामारीकाे सुरुवात : विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले नेपालमा कोरोना महामारी सुरुवाती चरणमा रहेकाे जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमसँगको साक्षात्कारमा नेपालस्थित डब्ल्यूएचओ प्रमुख डा.जोस भेन्डिलियरले नेपालमा संक्रमणको सुरुवात मात्रै भएको बताउनुभएको हो ।
भेन्डिलियरले नेपालको अवस्था अझै बिग्रने परिस्थितिको सृजना हुन बाँकी नै रहेको बताउँदै संक्रमणको केस अझ धेरै बढ्दै जाने बताउनुभयो । संक्रमणको सुरुवातीमा नेपालमा विदेशबाट आएका अर्थात् आप्रवासीहरुलाई मात्रै संक्रमण हुन्थ्यो तर अहिले वृद्ध वृद्धालाई समेत संक्रमण हुन थालेको छ, नेपालका विभिन्न स्थानमा संक्रमण बढिरहेको भेन्डिलियरले भन्नुभयो ।
उहाँले संघियतामा समन्वय र सहकार्य महत्वपूर्ण रहेको भन्दै महामारीका बेला केन्द्रिय सरकारले मात्रै समाधान गर्न नसक्ने र यसका लागि स्थानिय सरकारकाहरुको साथ, सहयोग र सहकार्य अति जरुरी रहेको बताउनुभयो । यसैगरी वर्तमान अवस्थामा स्वास्थ्य सेवा पहुँचलाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मी तथा अस्पतालको पर्याप्तता छ कि छैन भन्ने प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । साथै कोरोनामा केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा प्रभावित भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
कोरोनाबाट जोगिन व्यवहार परिर्वतन आवश्यक रहेको भन्दै उहाँले अनिवार्य सही तरिकाले मास्कको प्रयोग, सामाजिक दुरीको कायम, बेला बेलामा साबुन पानीले हात धुने लगायतका सुरक्षाका उपाय अपनाउन सचेत गराउनुभयो । व्यवहार परिवर्तन गर्नु असहज भए पनि यो आवश्यक रहेको दोहाेर्याउनुभयो ।
नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । संक्रमितमध्ये १९ हजार १०१ जना निको भएका छन् भने १६४ जनाको मृत्यु भएको छ ।
तपाईँको अभिमत