२४ घण्टामा थप ४ संक्रमितको मृत्यु, संख्या ९९ पुग्यो
अ +
अ -
काठमाडौं । नेपालमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ४ संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मोरङ र सिरहामा एक / एक तथा बारा जिल्लामा दुई जना पुरुषको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या ९९ पुगेको छ ।
तपाईँको अभिमत