वीर अस्पतालका डाक्टरसहित ४ जनालाई कोरोना
अ +
अ -
काठमाडौं । वीर अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । इन्टरनल मेडिसिन विभागमा कार्यरत डाक्टरलाई कोरोना पुष्टि भएको र हाल उहाँ सोही अस्पतालको आइसोलेसनमा रहनुभएको अस्पतालका कार्यकारी निर्देशक डा.केदार सेञ्चुरीले जानकारी दिनुभयो ।
यसअघि बुधबार र मंगलबार अस्पतालमा उपचाररत ३ बिरामीलाई कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । डाक्टर र बिरामीलाई कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेको सेञ्चुरीले बताउनुभयो ।
तपाईँको अभिमत