संक्रमितको संख्या घट्नु कोरोनाको जोखिम घट्नु होइन : स्वास्थ्य मन्त्रालय
काठमाडौं । लकडाउन खुकुलो भएसँगै भीडभाड बढेकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले भीडभाड बढ्दा कोरोना संक्रमणको खतरा कायम नै रहेकाले उच्च सावधानी अपनाउन सर्वसाधरणलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो केहीदिनयता कोरोना संक्रमणको संख्या घटेपनि यसले कोरोनाको जोखिम कम भएको नबुझ्न सबैलाई आग्रह गर्नुभएको छ । नियमित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, कोरोना संक्रमणको संख्या घट्नु भनेको कोरोनाको जोखिम घट्नु होइन त्यसैले उत्तिकै सावधानी अपनाउन जरुरी छ ।
आइसोलेसनमा संक्रमित र क्वारिन्टनमा अन्य व्यक्तिको संख्या घट्नुमा स्थानिय निकायको कुशल व्यवस्थापन, स्वास्थ्य मन्त्रालयको संयन्त्रको प्रभावकारी काम, स्वास्थ्यकर्मी तथा प्रत्येक नागरिकको अहम भुमिका रहेको बताउँदै उहाँले कोरोनाको जोखिम टरिनसकेको बताउनुभयो ।
पछिल्लो २४ घण्टामा १०८ जनालाई कोरोना पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । हालसम्म ७ हजार ८९१ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत