ब्राजिलका राष्ट्रपतिलाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । ब्राजिलका राष्ट्रपति बोल्सानारोलाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको छ । टेलिभिजन अन्तरवार्ताका क्रममा उहाँले आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति बोल्सानारोलाई कसरी संक्रमण भयो भन्नेबारे खुलाइएको छैन । राष्ट्रपतिलाई संक्रमण भएकोबारे विस्तृत जानकारी दिइएको छैन ।
ब्राजिल कोरोनाबाट अतिप्रभावित देशमा दोस्रोमा पर्दछ । त्यहाँ १६ लाख २८ हजार बढीलाई संक्रमण पुष्टि भएको छ भने ६५ हजार ६३१ ज्नाको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत