थप एक संक्रमितको मृत्यु, संख्या ३३ पुग्याे
अ +
अ -
गोरखा । गोरखा अस्पतालको आइसोलेनमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कतारबाट फर्केका पालुङटारका ४४ वर्षका पुरुषको आइसोलेनमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना पोजेटिभ भएको पुष्टि भए लगत्तै उनलाई उपचारका लागि गएराति सवा १० वजे गोरखा अस्पताल ल्याइएको थियो । असार १६ गते कतारबाट नेपाल फर्केका उनी १७ गते पालुङटार आइपुगेका थिए ।
जीवनज्योती माविको क्वारेन्टिनमा बसेका उनलाई लगातार खोकी लागेपछि तत्काल कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
गोरखा अस्पतालले मृत्युको औपचारिक पुष्टि गरेकाे छ । याे संगै काेराेनाबाट मृत्युहुनेकाे संख्या ३३ पुगेकाे छ ।
तपाईँको अभिमत