पछिल्लो २४ घण्टामा थपिएका ७४० संक्रमित कुन - कुन जिल्लाका ?
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ५५ जिल्लाका ७४० जनालाई कोरोना भाइरस रोग (कोभिड - १९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३४ महिला र ६०६ पुरुष लाई कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । जसमा २ हजार १७ महिला र १३ हजार २४३ पुरुष रहेका छन् ।
आज संक्रमण देखिएका जिल्लामध्ये सबैभन्दा धेरै अछाममा ११० जनालाई कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको । हालसम्म कोरोना पोजेटिभ देखिएका ३२ जनाको मृत्यु भएको छ ।
तपाईँको अभिमत