काठमाडौंमा पनि तोकियो सलहको मूल्य
काठमाडौं । विनाशकारी सलह काठमाडौं उपत्यकामा पनि प्रवेश गरिसकेको छ । काठमाडौंका स्थानीय पालिकाले पनि सलहको मूल्य तोक्न सुरु गरेका छन् । टोखा नगरपालिकाले सलह कीरा संकलन गरेर ल्याउनेलाई प्रतिकिलो रु ५० दिने घोषणा गरेको छ । टोखा नगरिपालिकाले बालीनालीका लागि खतरनाक सलह नियन्त्रणका लागि यस्तो योजना ल्याएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलहले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप खरिद गर्ने निर्णग गरेको जानकरी दिनुभयो । नगरले सलह कीराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।
यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ ।
सलह कीरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ । उपाएहरु सुझाएको छ । सलह कीरा संकलन गरेर वडा कार्यालयमा ल्याई तोकिएको रकम लैजान पाउने नगरले जानकारी दिएको छ ।
तपाईँको अभिमत