५ जिल्लामा थपिए ५० संक्रमित, एक जनाको मृत्यु
अ +
अ -
काठमाडौं । बाँके, बर्दिया, दैलेख, सुर्खेत, कालिकोटमा गरि थप ५० जनालाई कोरोना भाइरस रोग(कोभिड १९)को पुष्टि भएको छ । बाँके र बर्दियामा ३२ लाई कोरोनाको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले दिउँसो १ बजे गरेको अद्यावद्यिक अनुसार बर्दियामा १ महिला र ३० पुरुष गरि ३१ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।
बाँकेमा ४६ वर्षकी एक महिलालाई कोरोना पुष्टि भएको छ जसको उपचारका क्रममा मृत्यु भइसकेको छ । लुपसकी बिरामी भई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार हुँदै गर्दा हिजो महिलाको मृत्यु भएको थियो ।
यस्तै दैलेखका २, सुर्खेतका २ र कालिकोटका १४ गरि १८ जनालाई कोरोना पुष्टि भएको छ ।
तपाईँको अभिमत