भारतमा कोरोनाका कारण एकै दिन २ हजारको मृत्यु
चीनको बेइजिङमा संक्रमण बढ्दो स्तरमा
काठमाडौं । भारतमा कोरोना भाइरस रोग (कोभिड १९)को संक्रमणबाट एकैदिन २ हजार जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण यति धेरै संक्रमितको मृत्यु पहिलो पटक हो । यो सँगै मृतकको संख्या ११ हजार ९०३ पुगेको छ । ३ लाख ५४ हजार ६७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
कोरोनाबाट अतिप्रभावित देशमध्ये भारत चौथोमा पर्दछ । त्यहाँ महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । महाराष्ट्रमा १ लाख १३ हजार ४४५ जनामा कोरोना पुष्टि हुँदा ५ हजार ५३७ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच चीनको राजधानी बेइजिङमा कोरोना संक्रमण बढ्दै गएको छ । बेइजिङमा ३१ नयाँ केश थपिएपछि संक्रमितको संख्या १३७ पुगेको छ । चीनमा कोरोना भाइरस नियन्त्रण भएको ५६ दिन पछि गतहप्ता दक्षिणी बेइजिङ छिनफादी होलसेल बजारमा संक्रमण देखिएको थियो । प्रशासनले संक्रमण खतरनाक स्तरमा पुगेको बताएको छ ।
संक्रमण बढ्न थालेपछि राजधानीका सम्पूर्ण विद्यालय बन्द गरि अनलाइन कक्षा सुरु गरिएको छ । एजेन्सी ।
तपाईँको अभिमत