लकडाउनले धेरै कुरा सिकायो
मातृभूमि साँच्चै प्राण भन्दा प्यारो हुन्छ
आयस्रोत भएकाहरुलाई पनि भोकमरी र गरिबीको सिकार हुने प्रष्टै देखिन्छ
सन २०१९ ( डिसेम्बर ३१ मा चीनको वुहानमा देखा परेको कोरोना भाइरस राेग (कोभिड-१९) विश्वभर भुसमा सल्केको आगोझैँ सल्किँदै थियो। पुष, माघको चिसोमा म विधालयको ९-५ मा ड्यूटीमा अर्कोतिर छोराको शिक्षाको निम्ति ५ बजे पछाडीको समय विद्यालय चहार्नमा व्यस्त।
भ्रमण मेरो पहिलो रुचि भएकाले चैत्र महिनाको अन्तिम परीक्षापछि १०(१५ दिनको छुट्टी देशको कुना कन्दरामा प्रकृतिँग रमाउने योजना बनाएका थियौँ । परिवारसँगै मिलेर यससाल चाँदनी दोधारामा नयाँ वर्षलाई स्वागत गर्ने लक्ष्य थियो । कोभिड-१९ को झिल्को चीन हुँदै अन्य देशतिर पनि फैलिँदो थियो, अचानक सरकारले चैत्र ५ गतेभित्र सबै विधालयको परिक्षा सक्ने घोषणाले मन प्रफुल्लित पनि भयो किन कि सतर्कता मात्रै पहिलो औषधि रहेको जानकारी (डब्लूएचओ) ले फुकिरहेको थियो ।
मरे पनि आफ्नै माटोमा मर्ने भन्दै हजारौँ रातारात गरेर हिँड्दै हजारौं नेपालीहरु सीमा क्षेत्रमा आइरहँदा सरकारले प्रवेश गर्न नदिएको र विचल्ली
कोभिड-१९ काविरुद्ध कुनै भ्याक्सिन नबनेको अवस्थामा नेपालजस्तो मुलुकले सतर्कता अपनाउनुबाहेक अर्को विकल्प नै थिएन। त्यति बेलासम्म नेपाल लगभग सुरक्षित नै थियो। अझै सुरक्षालाई ध्यानमा राखेर अचानक सरकारले लकडाउनकै घोषणा गर्यो । चैत ११ गते त्यतिबेला जम्मा नेपालमा १ जना सन्क्रमित थियो। उनी पनि विदेशबाट नेपाली आएकी थिइन । नयाँ वर्षका लागि बनेका मेरो सबै योजनाहरु बेक्कार भए। बाच्न पाए त अर्को वर्ष नी घुमौँला भनेर चित्त बुझाइयो । सरकारले गरेको एक हप्ते लकडाउनलाई स्वागत गरियो । एक वर्षको धपेडीका कारण एक हप्ताको फुर्सदको समय रमाइलोसँग बिताइयो।
एक हप्ताको दौरानमा खासै नयाँ सन्क्रमित भेटिएको थिएन । तर छिमेकी देशमा संक्रमितको संख्या बढिरहेको खबर आइरहेके थियो । यसकारण नेपालमा उच्च साबधानी अपनाउनु पर्ने नै देखिन्थ्यो। फेरि दोस्रो चरणको लकडाउन शुरु भयो। मातृभूमि साँच्चै प्राण भन्दा प्यारो हुन्छ ।
मरे पनि आफ्नै माटोमा मर्ने भन्दै हजारौँ रातारात गरेर हिँड्दै हजारौं नेपालीहरु सीमा क्षेत्रमा आइरहँदा सरकारले प्रवेश गर्न नदिएको र विचल्ली भएको खबर आइरहेका थिए। सरकार उनीहरुको समस्यामा उदासीन भएको भन्दै आलोचना भइरहेको थियो। अहिले नेपाली निरन्तर कोरोनाको शिकार भइरहेकै छन्। लकडाउन भएको साँढे २ महिनाभन्दा बढी भइसक्यो। अब त मध्यम आयस्रोत भएकाहरुलाई पनि भोकमरी र गरिबीको सिकार हुने प्रष्टै देखिन्छ। यदी सरकारले बेलैमा बोर्डरमा रहेको नेपालीको उद्धार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था बेलैमा सुरु गरेको भए र उच्च सतर्कता अपनाएको भए यो अवस्था आउने थिएन ।
अधिकांश परिवारमा घरायसी कामको पूर्ण जिम्मेवारी महिलाले नै निभाउनु पर्नेहुन्छ
लकडाउन बिस्तारै लम्बिँदै गयो। कसैले सोचेको थिएनन् यतिलामो समय लकडाउन हुन्छ भनेर तर लकडाउनले धेरै कुरा सिकाएको छ नेपालीलाई। लकडाउनको सुरुवाती दिनमा धेरैले लकडाउन एक हप्ता मात्रै रहला वा केही दिन थपिएला भन्ने सोचाइ लिएका बनाएका थिए। सामाजिक सञ्चाल चलाएर । युट्युबमा हेरेर सिक्दै नयाँ नयाँ परिकार बनाएर खान सामाजिक सञ्चालमा परिकारहरु प्रदर्शन गर्न प्रतिस्पर्धा नै चल्यो। केही दिन मात्रै त हो पछि त सबै काम धन्दा सुचारु भइहाल्छ भन्ने धेरैको सोचाइ थियो। सुरुका दिनमा खानपान र रमाइलोमा धेरैले मनग्य खर्च गरे । समय पनि रमाइलैसँग बिताए।
लकडाउन खुल्ने कुनै संकेत देखिएन। त्यसैले धेरैले दिन बिताउन निकै गाह्रो भएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गर्दै थिए। महिलाहरु बालबच्चा र पुरुषहरुको साथमा घरायसी कामके बोझ बढी थपिएको र व्यवस्थापन गर्न समस्या भएको खुलासा गर्दै थिए।
अधिकांश परिवारमा घरायसी कामको पूर्ण जिम्मेवारी महिलाले नै निभाउनु पर्नेहुन्छ । कोभिड-१९ ले मलाई पूर्णरुपमा एकाध महिलामा पार्न सफल बनायो। मेरो श्रीमान र छोरा घरका धन्दासँग पूर्णरुपमा परिचित भए । विशेष गरी घर का काम लाई प्राय मानिस हरु कामको दर्जा मै राख्दैनन् । उनीहरु लुते साना मसिना सम्झन्छन् घरधन्दालाई।
अब बेला भयो आत्मनिर्भरताको बाटो समाउने। नेपालको अबको आवश्यक्ता भनेको आधुनिकतामा आधारित पुनर्जागरण हो।
हामीलाई लकडाउनले उठ्ने सुत्ने समयमा फरक पारेन न समयमा गर्नुपर्ने भोजनमा । बिहानको चिया, दिउँसोको खाजा बुढाको जिम्मामा गयो । घरको सरसफाई, सुतेको ओछ्यान मिलाउने तथा चिया खाएको भाडा माइने काम छोराको जिम्मामा अनि खाना बनाउने र खाएको भाडा माइने र छोराको पढाइको जिम्मा मेरो भागमा । आफ्नो आफ्नो कपडा सबै मिलेर धुने यसरी सदुपयोग गरिदैछ लकडाउन । घरको बोझ म एउटामा मात्र कहिले परेन । कोभिड -१९ ले घरको काममा परिवारलाई बराबरी हिस्सेदार बनायो।
स्वस्थ्यकर खाना अनि स्वस्थ्यकर जीवनशैलीले जीवन अत्यन्त सरल बनायो । धेरै राम्रो ज्ञान हासिल भयो। मलाई त लकडाउनको लत लाग्यो । जीवन जसलाई बुझ्न फुर्सदै मिलेको थिएन लकडाउनले बुझाइदियो। छोरालाई औपचारिक शिक्षाबाट कहिल्यै सिक्न नसक्ने ज्ञान र संस्कार सिकाउन सिकायो।
अन्त्यमा, जब मानिसले आफ्नो मनोरञ्जनका लागि प्रकृतिको अधिकतम दोहन गर्छ तब प्रकृतिले आफ्नो बचावट आफैँ गर्दछ । जहाँ विज्ञान पनि नाकाम रहन्छ भन्ने पाठ त हामीले सिक्न सक्यौँ । साथै जस्तोसुकै परिस्थितिको सामना गरेर अघि बढन सक्नु पर्ने रहेछ भन्ने अर्को यथार्थता बुझायो। हाम्रो अर्थतन्त्र कति सम्म घटछ भन्ने त अब हामी सहजै अनुमान गर्न सक्छौ। अब बेला भयो आत्मनिर्भरताको बाटो समाउने। नेपालको अबको आवश्यक्ता भनेको आधुनिकतामा आधारित पुनर्जागरण हो।
तपाईँको अभिमत