विश्वभर १० लाख भन्दा बढी बिरामी कोरोना मुक्त भई घरफिर्ता
अ +
अ -
काठमाडौं,१९ बैशाख । कोरोना भाइरस रोगबाट संक्रमित भएका मध्ये एक तिहाई बिरामी निको भएका छन् । जोन हप्कीन्स यूनिभर्सिटीका अनुसार विश्वभर १० लाख ३९ हजार १ सय ९५ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणका कारण २ लाख ३४ हजार १ सय ५ जनाको मृत्यु भएको छ भने ३३ लाख भन्दा बढि मानिसमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यूरोपमा संक्रमण घट्दै गएको छ भने ल्याटिन अमेरिका,अफ्रिका तथा एसियाका राष्ट्रहरुमा बढ्दै गएको छ ।
तपाईँको अभिमत