बिरामी रिफर र पीपीई प्रयोग बारे बोल्यो मेडिकल काउन्सिल
काठमाडौं,२० चैत । आकस्मिक अवस्थामा आएका जुनसुकै प्रकारका बिरामीलाई त्यस अस्पतालमा उपचार सम्भव नभएमा मात्र अन्यत्र रिफर गर्न नेपाल मेडिकल काउन्सिलले निर्देशन दिएको छ । लकडाउनको समयमा ज्वरो आएका बिरामीको उपचार गर्न कठिनाई भएको, कोरोना भाइरस रोगको आंशकामा बिरामी नहेरेको, आकस्मिक उपचार समेत नगरेको भन्ने समाचारहरु आएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै रिफर गर्दा कारण खुलाएर मात्र गर्न निर्देशन दिएको हो ।
यसैगरी आवश्यकता अनुसार मात्र व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्न पनि काउन्सिलले निर्देशन दिएको छ । जुन तहको व्यक्तिगत सुरक्षा सामग्री आवश्यक हो सोही अनुसार जस्तै बिरामी सोधपुछ ,इतिहास परीक्षण ,निदान ,उपचारका क्रममा आवश्यकता हेरेर मात्र पीपीईको प्रयोग गर्न पनि निर्देशन दिएको छ ।
तपाईँको अभिमत