विश्व स्वास्थ्य संगठनले भन्यो लकडाउनमा रहँदा नआत्तिनुहोस् ...
लकडाउनमा बस्दा आफूलाई स्वस्थ कसरी राख्ने
काठमाडौं, १० चैत । विश्व स्वास्थ्य संगठनका अनुसार आजसम्म विश्वका १ सय ९० वटा देशमा कोरोना भाइरस रोगको संक्रमण फैलिएको छ । विश्वमा ३ लाख ३२ हजार ९ सय ३५ जनामा संक्रमणको पुष्टि भएको छ भने १४ हजार ५ सय १० संक्रमितको मृत्यु भएको छ ।
दिनदिनै नयाँ स्थान, नयाँ मानिसमा संक्रमण देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले मानिस मानिस बीचको दूरीलाई टाढा राख्न वा भीड हुनै नदिन विश्वलाई सुझाव दिइरहेको छ । मानिस मानिस बीचको दूरीलाई टाढा राख्न अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्नुपर्छ र नेपालले पनि लकडाउनको घोषणा गरिसकेको छ ।
हाल विश्वमा २ अर्ब भन्दा बढि मानिस लकडाउनमा रहेको अनुमान छ । यो समयमा अत्यावश्यक समयमा बाहेक घरबाट बाहिर निस्कन हुँदैन । यो अवस्थामा प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यलाई कसरी स्वस्थ राख्ने भन्ने विषयमा विश्व स्वास्थ्य संगठनले खानपिनदेखि व्यायामसम्मका ६ सुझाव दिएको छ । हेरौँ, विश्व स्वास्थ्य संगठनको सुझाव ।
१.रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपीन र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा कोभिड नाइन्टिनको संक्रमण कम हुन्छ । यसका लागि खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । पौष्टिक र सन्तुलित आहार खानुपर्छ ।
२ .अल्कोहल र गुलियो पिय पदार्थ खानुहुदैन ।
३.धुमपानले विभिन्न किसिमका रोग उत्पन्न गराउने र प्रतिरोधात्मक क्षमता घटाउने भएकाले कोभिड नाइन्टिनको संक्रमण उच्च रहन्छ । त्यसैले धुमपानबाट टाढा रहनुपर्छ ।
४. घरमा रहदा अरु गतिविधि हुँदैन । त्यसैले कुनै पनि किसिमको शारीरिक व्यायाम गर्ने । व्यायामले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने भएकाले शारीरिक व्यायामलाई प्राथमिकतामा राख्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड दिएको छ । दिनमा युवालाई ३० मिनेट र बच्चालाई एक घण्टा शारीरिक व्यायाम गर्न सुझाव । विद्यालयहरु बन्द रहेकाले अनलाइन मार्फत पढाउने व्यवस्था मिलाउनुपर्छ ।
५.यो समय सकेसम्म घरबाट बाहिर निस्कने समय होइन । तपाई घरमा रँहदा योग गर्नुहोस्,संगीत सुन्नुहोस् र नाचगान गरेर स्तफूर्त रहनुस् । यदी कार्यालय जानैपर्ने भएमा एउटै पोजिशनमा बसेर काम नगर्ने । प्रत्येक ३० मिनेटमा ३ मिनेट ब्रेक लिएर आफ्नो काम गर्नुपर्दछ ।
६.अहिले कोरोना भाइरस रोगको त्रासमा छ । त्यसैले मानसिक स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्दछ । यसका लागि कोरोना भाइरसबाट आत्तिनु हुँदैन । अधिकांश संक्रमितहरु उपचारपछि निको भएर घर गइसकेका छन् । बिल्कुलै तनाव लिनुहँदैन ।
तनाव कम गर्न संगीत सुन्ने, किताब पढ्ने एक अर्काबीच भाइचाराको सम्बन्ध कायम गर्नुपर्दछ । धेरै समाचारहरु नहेर्ने र नसुन्ने । सही सूचना प्रवाह गर्ने विश्वसनीय सञ्चार माध्यमहरुबाट दिनमा २ पटक सूचना लिने । कोरोनाका बारेमा विश्व स्वास्थ्य संगठनले फेसबुक र वाट्स एप मार्फत सूचना प्रवाह गरिरहेको छ । बिल्कुलै आत्तिनुस् अहिलेको परिस्थित हाम्रो लागि सिक्ने र जान्ने मौका पनि हो । सबै एक भई डटेर अघि बढौँ ।
तपाईँको अभिमत