इटालीमा कोरोनाको कारण एकैदिन ६ सय २७ को मृत्यु
मानवीय क्षति बढिरह्यो
अ +
अ -
काठमाडौं, ८ चैत । इटालीमा कोरोना भाइरस रोगको संक्रमणका कारण एकैदिन ६ सय २७ जनाको मृत्यु भएको छ । इटालीमा पछिल्लो तीन दिनमा संक्रमणकै कारण १५ सय भन्दा बढिको मृत्यु भइसकेको छ । दिनदिनै ठूलो संख्यामा मानवीय क्षति व्यहोरिरहेको इटालीमा मृतकको संख्या ४ हजार ३२ पुगेको छ । इटालीमा मृत्युदर ३६ दशमलव ६ प्रतिशत रहेको छ । ६ करोड मानिस घरमा नै बसिरहेका छन् ।
रोग संक्रमण विभागका निर्देशक मटेयो बसाट्टीले भन्नुभयो, अहिले पनि क्यौं मानिस संक्रमण लिएर हिँडिरहेका छन् जसको पहिचान भएको छैन र उनीहरुबाट अझ धेरैलाई सर्ने जोखिम उच्च छ । अझै पनि पूर्णरुपमा यात्रामा प्रतिवन्ध भएको छैन जसबाट संक्रमण बढ्ने जोखिम छ ।
तपाईँको अभिमत