कालोबजारीलाई कडा कार्बाही तथा सामाजिक बहिस्कार : मन्त्री भट्ट
काठमाडौं,७ चैत । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने भए पनि आपूर्ति बन्द नहुने भएकाले आतंकित नहुन आग्रह गर्नुभएको छ । हेल्थपाटी डटकमसंग कुरागर्दै उहाँले ग्याँस, खाद्यन्न तथा अत्यावश्यक सामग्रीहरु मौज्दात रहेको र आवश्यकता अनुसार निरन्तर आपूर्ति भइरहेकाले बजारमा अभाव नरहेको बताउनुभयो । कोही कसैले मौकाको फाइदा उठाइ कालोबजारी गरे, कृत्रिम अभाव सृजना गराए वा मुल्यवृद्दि गरेमा तुरुन्तै वाणिज्य मन्त्रालय, वाणिज्य विभाग वा आफ्नो सचिवालयमा जानकारी गराउन आग्रह गर्नुभयो ।
मन्त्री भट्टले अहिलेको संकट समाधानका लागि सरकारले कठोर निर्णय लिएको भए पनि ग्याँस, अत्यावश्यक सामग्रीहरु तथा खाद्यन्न आपूर्ति नरोकिने भएकाले सर्वसाधरणलाई नआत्तिन र सम्यमता अपनाउन आग्रह गर्नुभयो। मन्त्री भट्टले अप्ठेरो परिस्थितिको मौका छोपी कालाबजारी गर्ने र मुल्यवृद्दि गरेको पाइएमा आफू मातहतको निकायमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । कालोबजारी जो कोहिलाई पनि नछोड्ने, कडा कारबाही गर्ने बताउँदै कालोबजारीको सूचना दिन अग्रह गर्नुभयो । मन्त्री भट्टले कालोबजारीलाई सामाजिक बहिस्कार गर्न पनि मन्त्री सर्बसाधारण लाई आव्हान गर्नुभयो ।
तपाईँको अभिमत