भारत प्रवेशमा प्रतिवन्ध : दिल्ली पुगेका नेपालीलाई फर्काइयो
काठमाडौं, १८ फागुन । भारत सरकारले जनवरी १५ पछि चीनबाट फर्केका सबैलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । भारतको यो निर्णयबाट नेपाली पनि प्रभावित भएका छन् । नेपालबाट ईन्डिगो एयरलाइन्स मार्फत आइतबार (आज) भारत जान लाग्दा प्रवेशमा रोक लगाएको यात्रु सुदर्शन पराजुलीले जानकारी दिनुभयो । ज्वाँइलाई प्रवेशमा रोक लगाएपछि आफूहरु पनि भारत नगएको उहाँले बताउनुभयो । ज्वाँइ जनवरी १७ मा चीनबाट नेपाल फर्कनुभएको थियो । उहाँ चीनमा नै इन्जिनियरको काम गर्दै आउनुभएको पराजुलीले बताउनुभयो ।
सपरिवार घुम्नका लागि भारतको चेन्नाई जाने क्रममा नेपालको विमानस्थलमा नै रोकिएको पराजुलीले बताउनुभयो । १५ पछि चीनबाट फर्केर शनिबार दिल्ली पुगेका नेपालीहरुलाई समेत दिल्ली विमानस्थलमा नै क्वारेन्टाइनमा राखेर आज फर्काएको जानकारी समेत पराजुलीले दिनुभयो ।
तपाईँको अभिमत