खरिपाटी क्वारेन्टाइनमा निर्मलीकरण र सरसफाई कसरी गरिन्छ ? : फोटो फिचर
अ +
अ -
काठमाडौं ७ फागुन । भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन भवर र परिसरमा दिनको ४ पटक निर्मलीकरण र सरसफाई हुने गरेको छ । बिहान सवा आठ बजेदेखि पौने ९ बजेसम्म सरसफाईको समय छ भने बिहानको खाना खाइसकेपछि दिउँसो सवा १२ बजेदेखि आधा घण्टा भवन र बाहिर सरसफाई गरिन्छ । दिउँसो सवा ४ बजेदेखि पौने ५ बजेसम्म फेरि सरसफाई हुन्छ भने रातीको खाना पश्चात् करिव साढे आठ बजेदेखि ९ बजेसम्म सरसफाईको तालिका बनाइएको छ । क्वारेन्टाइन ब्यवस्थापनका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईका कर्मचारी गरि २ सय ५० जना खटिएका छन् । क्वारेन्टाइनमा निर्मलीकरण र सरसफाइको काम कसरी हुने गरेको छ ? हेरौँ फोटोमा :
तपाईँको अभिमत