काठमाडौमा पशुलाइ समेत देखियो कोरोना भाइरस
पछिल्लो समय मानिसमा देखिएको भाइरस पशुमा देखिएको कोरोना हो भन्न सक्ने स्थिति छैन
काठमाडौं, ११ माघ । नेपालमा पहिलो पटक मानिसमा देखिएको नोबेल कोरोना भाइरस मानिसमा देखिएको छ । मानिसमा मात्र होइन पशुमा समेत कोरोना भाइरस देखा पर्दछ । तर पछिल्लो समय मानिसमा देखिएको भाइरस पशुमा देखिएको कोरोना हो भन्न सक्ने स्थिति छैन । चीनमा देखिएको कोरोना भाइरसले अहिले युरोप, अमेरिकादेखि जापान, कोरिया, थाइल्याण्ड, ताइवान, अष्ट्रेलिया, लगायतका देशहरूमा देखा परिसकेको छ ।
चीनको युवान प्रान्तमा देखिएको भाइरसले हालसम्म ४१ जनाव्यक्तिको मृत्यु भइरहेको छ । फ्रिज, पानी, रुमाल, कपडा समेत असुरक्षित हुन सक्छ । संक्रमण फैलन सक्ने हुनाले क्यान्सर, मुटु, मिर्गौलाजस्ता जटिल रोग देखा परेका रोगीहरूले सतर्कता अपनाउनुपर्छ । पशु चिकित्सक अर्जुन अर्यालले मानिसको समूहमा बस्दा ध्यान दिनुपर्ने बताउनुभयो ।
एकजना मानिस यात्राको क्रममा नेपाल आएको हुनाले यो भाइरस देखिएको हो । तर हामीले सजकता अपनाउन सकेनौँ भने भाइरस फैलन सक्ने सम्भावना बढी हुन्छ– डा. अर्यालको भनाइ छ ।
काठमाडौ क्वारेन्टाइन प्रमुख डा. श्रीराम अधिकारीले हालसम्म पशुबाट नोबेल कोरोना भाइरस फैलन सक्ने विषयलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको बताउनुभयो । कुनै संक्रामक रोगले महामारी रुप लिन थालेको छ भने उच्च सतर्कता अपनाउनुपर्छ, डा. अधिकारीले भन्नुभयो, हामीले पशु आयातमा समेत उच्च सतर्कता अपनाउन थालिसकेका छौँ ।
विश्व पशु स्वास्थ्य संगठनले तोके अनुसारको मापदण्ड पूरा गरेर आएका पशुलाई मात्र क्वारेन्टाइन जाँचपास गरिएको छ । भौतिक रुपमा परीक्षण गरी सकेपछि मात्र पशुलाई ल्याउने व्यवस्था गरिएको छ ।
उहाँले विना स्वीकृति पशु ल्याएको छ भने त्यसलाई डम्पिन गर्ने जानकारी दिनुभयो । चीनमा कोब्रा जातको सर्पबाट कोरोना भाइरस सरेको हो कि भन्ने अनुमान गरिएको छ । कोरोना भाइरस पशुबाट सरेको हो भन्न सकिने आधारहरू धेरै छन् ।
केन्द्रीय पशु चिकित्सालयका चिकित्सक अर्जुन अर्यालले नेपालमा चीनबाट आएका एक जना यात्रुलाई कोरोना भाइरस देखा परेको भन्दै महामारी र सन्त्रासको अवस्था भने नरहेको प्रष्ट पार्नुभयो । उहाँले सावधानी अपनाउन भने सुझाव दिनुभयो ।
काठमाडौ जिल्ला पशु क्वारन्टाइन प्रमुख डा.श्रीराम अधिकारले पशु ओसारपसार रोक्नको लागि आधिकारिक निर्णय नभइसकेको बताउनुभयो । उहाँले विश्व पशुस्वास्थ्य संगठनको मान्यताप्राप्त स्वास्थ्य प्रमाणपत्र, आयात अनुमतिपत्र, खोप लगाएको प्रमाणपत्र तथा आवश्यक कागजपत्र सहित आयात भएको पशुको भौतिक परीक्षण गरी निरोगी रहेको यकिन गरी जाँचपास गर्न भन्सारलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
नेपाल सरकारले हालसम्म प्रभावित क्षेत्र तथा कुनै पनि देशबाट अहिलेसम्म जनावर आयात गर्न प्रतिबन्ध लगाएको छैन । नेपालमा कुखुरा, कुकुरजस्ता पशुमा समेत प्रशस्त मात्रामा कोरोना भाइरस देखिएको छ । तर नोबेल कोरोना भाइरस हो भन्ने पुष्टि भइसकेको छैन ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत