देशभर थपिए ९४ कोरोना संक्रमित, ७१ काेराेनामुक्त
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९४ कोरोना संक्रमित भेटिएका छन् भने आज काराेनाबाट १ जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।
गत २४ घण्टामा ७१ जना संक्रमित काेराेनामुक्त भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको रहेको मन्त्रालयले जनाएको छ ।
तपाईँको अभिमत