१६ हजार केन्द्र मार्फत कोरोना खोप लगाउने तयारी

अ +
अ -
काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन सरकारले १६ हजार खोप केन्द्र निर्माण गर्ने तयारी गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोरोना खोप सञ्चालनका लागि १६ हजार केन्द्र बनाइने जानकारी दिनुभयो ।
उहाँले खोप कार्यक्रममा देशभर ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने बताउनुभयो ।
उहाँले आफ्नो ३ काम प्राथमिकतामा रहेको बताउदै खोप अभियानका रुपमा सञ्चालन गन, प्रत्येक पालिकामा ५,१० र १५ बेडको अस्पताल निर्माण गर्ने र कर्मचारी समायोजनको काम पूरा गर्ने उल्लेख गर्नुभयो ।
मन्त्री त्रिपाठीले कोरोना खोपका लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको बताउनुभयो ।
तपाईँको अभिमत