थपिए २००४ कोरोना संक्रमित,१८४६ जना निको,१६ जनाको मृत्यु
अ +
अ -
पछिल्लो २४ घण्टामा २ हजार ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर र ३९९२ जना एन्टीजेन गरि १४ हजार ६५० जनाको परीक्षण भएकोमा पीसीआरमा १६१९ र एन्टीजेनमा ३८५ गरि २००४ जनालाई संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १८४६ जना निको भएको छ भने १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ लाख ५० हजार २०८ जनालाई पोजेटिभ देखिएको छ । जसमध्ये ७ लाख २१ हजार १८२ जना निको भएका छन् भने १० हजार ७८६ जनाको मत्यु भएको छ । अहिले ३३ हजार ९४६ जना सक्रिय संक्रमित छन् ।
यसैबीच आज थपिएकामध्ये ७९३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ५४१, ललितपुरमा १५२ र भक्तपुरमा १०० जना संक्रमित थपिएका छन् ।
तपाईँको अभिमत