बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा २ युवकको मृत्यु, एक बेपत्ता

फाइल फोटो।
अ +
अ -
बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका– ४ मा बान्द्रे खोलाले ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
कुँडुलेदेखि मालिका जाँदै गरेका यी सवारी बगाउँदा २ युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मी रहेको
जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार यसै घटनामा परी सोही ठाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन् । बाढीले बगाएका सापकोटा र रेग्मीको शव खोलाको केही तल फेला परेको थियो । शव अहिले धौलागिरि अस्पतालमा राखिएको छ र बेपत्ताको खोजी कार्य भइरहेको छ ।
तपाईँको अभिमत