चिडियाखानाका १३ गोरिल्लालाई कोराना, खोप दिने तयारी

अमेरिकाको एक चिडियाखानामा रहेका १३ गोरिल्लालाई कोभिड–१९ संक्रमण देखिएको छ । अमेरिकाको जु एट्लान्टामा रहेका गोरिल्लामा कोरोना संक्रमण देखिएको दी गार्जियन्सले खबर दिएको छ ।
चिडियाखानामा रहेका २० गुरिल्ला मध्ये केहीमा खोकी लाग्ने, सिगान बगाउने, खाना नखानेजस्ता लक्षण देखिएको थियो । यसपछि परीक्षण गर्दा २० मध्ये १३ मा कोभिड–१९ संक्रमण पुष्टि भएको चिडियाखानाले जारी गरेको सूचनामा भनिएको छ ।
दी गार्जियन्सका अनुसार जनावरको रेखदेख गर्ने व्यक्तिबाट गोरिल्लामा कोभिड–१९ सरेको चिडियाखानाले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनेको छ ।
संक्रमण पुष्टि भएपछि बिरामी रहेको गुरिल्लाको उपचार भइरहेको चिडियाखानाले जानकारी दिएको छ ।
आफूलाई कोरोना संक्रमण भएमा घरमा पालिएका पशु तथा जनावरको नजिक नजाने पशु चिकित्सकले आग्रह गरेका छन् ।
गोरिल्लामा संक्रमण देखिएपछि गोरिल्लासहित चिडियाखानामा अन्य जनाजरलाई समेत कोभिड–१९ विरुद्धको खोप दिने तयारी गरिएको छ ।
तपाईँको अभिमत