सानै उमेरमा रक्सी सेवन गर्दा स्वास्थ्यमा यस्तो खतरा
युवामा तीव्र रुपमा बढ्दै गएको रक्सीको लतलाई लिएर स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । रक्सी सेवनले शरीरमा गम्भीर क्षति पुर्याउँछ । यद्यपी यसका केही गम्भीर जटिलता विषयमा हामी सबै जानकार पनि छौँ ।
रक्सीले शरीरमा पार्ने गभीर असरको बारेमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले रक्सी सेवन गर्ने मानिसलाई हृदयरोगको गम्भीर खतराको बारेमा सचेत गराएका छन् ।
युनिभर्सिटी कलेज लन्डनमा अध्ययनको क्रममा वैज्ञानिकहरुले किशोर अवस्थादेखि युवावस्थासम्म रक्सीको लतले गम्भीर असर पार्नसक्ने निष्कर्ष निकालेका छन् । यो लगातार भइरह्यो भने कठिन किसिमको अवस्था आउने दावी उनीहरुको छ । यसका कारण कम उमेरमै मानिसमा हृदयरोगको समस्या बढ्न जाने दावी उनीहरुको छ । विश्वका धेरै मानिसहरु यसको शिकार बन्दै गएको अध्ययनमा पाइएको छ ।
तपाईँको अभिमत