बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिदै, मधेश र मुलुकको पहाडी भूभागमा चट्याङसहित वर्षा हुन सक्ने

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायु प्रभावसँगै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले आज वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र मुलुकका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित वर्षा सम्भावना रहेको हो ।
‘मधेश प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ’, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै देशको हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यद्यपि कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
आज राति भने कोशी, मधेश, गण्डकी तथा वागमती प्रदेशका केही भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश , गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
तपाईँको अभिमत