डा. बाराकोटीले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा गर्नुभयो पदबहाली

अ +
अ -
अतिरिक्त सचिव डा. टङ्क बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदबहाली हुनुभएको छ । शुक्रबार पत्र बुझेर महानिर्देशकमा पदबहाली हुनुभएको हो ।
डा. बाराकोटीलाई तीन दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी दिनुभएको थियो ।
स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। डा. बाराकोटी स्वास्थ्य सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्म काम गरेका कर्माचारीका रूपमा चिनिनु हुन्न्छ ।
उहाँ मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत हुनुभएको थियो ।
तपाईँको अभिमत