काठमाडौं उपत्यकामा थप ८९९ जनालाई कोरोना
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जनालाई कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १ हजार ६७४ संक्रमितमध्ये ८९९ उपत्यकाका छन् । ८ हजार १४४ जनाको पीसीआर परीक्षण भयो ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् । २४ घण्टामा ३ हजार ३२३ जनाले कोरोना जिते ।
यस्तै ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको रहेको छ ।
तपाईँको अभिमत