अमेरिकाले दिएको फाइजर खोप भोलि नेपाल आउने
अमेरिकाले दिएको फाइजर खोप भोलि नेपाल आउने भएको छ । अमेरिकाले नेपाललाई १ लाख ६२० डोज खोप अनुदानमा दिएको र उक्त खोप भोलिसम्म नेपाल आइपुग्ने सम्भावना रहेको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
अमेरिकाले दिएको उक्त फाइजर खोप नेपालमा १२ वर्षदेखि माथि बालबालिकालाई दिने तयारी भइसकेको छ । कार्तिक २८ गतेबाट फाइजरको खोप दिने जानकारी यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिइसकेको छ ।
अमेरिकाले यसअघि १५ लाख डोज जोनसन एण्ड जोनसन खोप नेपाललाई अनुदानमा दिएको थियो ।
Breaking: From the United States ➡️ Nepal. The United States is donating 100,620 Pfizer vaccines to the people of Nepal, the arrival is expected tomorrow! This adds to the 1.53 million J&J vaccines given by the U.S. to Nepal in July. #inthistogether ????
— U.S. Embassy Nepal (@USEmbassyNepal) October 24, 2021
तपाईँको अभिमत