डेंगीको संक्रमण बढ्दै, स्वास्थ्य मन्त्रालयको के छ तयारी ?

सांकेतिक तस्बिर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोगको निदानका लागि आवश्यक कीट तथा सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिएको छ ।
विगत ६ महिना यता ७२ जिल्लामा १२४१ जना डेंगीका बिरामी देखिएकोमन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।
डेंगीको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहलाई तयारी थाल्न निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।
‘वर्षातको समयमा हुने डेंगी लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीहरुलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको छ’ प्रवक्ता डा.बुढाथोकीले भनेका छन्, ‘ डेंगी रोग निदानका लागि चाहिने किट, औषधो उपचार र अन्य सामग्री समेत तयारी अवस्थामा राखिएको छ।’
डेंगीका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन तथा परामर्श लिन मन्त्रालयले अनुरोध गरेको छ ।
डेंगी रोगका मुख्य लक्षणहरू
उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता विमिराहरू आउनु, वाकवाकी लग्नु वा वान्ता हुनु पर्दछन। एक्कासी उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तश्राव, धेरै पेट दुखाई, श्वासप्रस्वासमा समस्या, र वेहोस हुनु
तपाईँको अभिमत