कोरोनाले सुन्ने शक्तिमा समस्या पैदा गर्छ ?
काठमाडौं । कोराना भाइरस (कोभिड–१९) महामारी सुरु भएको एक वर्षभन्दा बढी भइसकेको छ । यसबीचमा भाइरस संक्रमितमा विभिन्न किसिमका लक्षणहरू देखा परे । समयसँगै नयाँ लक्षण पनि देखा परिरहेका छन् । तीमध्ये श्रवणमा समस्या पनि एक हो ।
एक अध्ययनका अनुसार कानको श्रवण शक्ति क्षय भएमा कोभिड–१९ को संकेत हुनसक्छ । वेल्समा गरिएको ५६ वटा नमुनाको एक वर्षसम्मको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनले कोभिड–१९ र श्रवण समस्याबीच सम्बन्ध रहेको आधारहरू प्राप्त गरेको छ । यसले भाइरसलाई हल्का रूपमा लिन नहुने कुराको पुष्टि गरेको अध्ययनकर्ताहरूले बताएका छन् ।
अध्ययनले विशेषगरी तीन वटा संकेतलाई नजरअन्दाज गर्न नहुने देखाएको छ :
कान बज्ने : कानमा ‘टि...’ गरेर आवाज आउनुलाई सामान्य रूपमा लिन हुँदैन । यस्तो आवाज बाहिरबाट आउँदैन । भित्र आफैँ बज्ने हुन्छ । जुन आवाजलाई सहन गाह्रो हुन्छ । यस्तो समस्या कोभिड संक्रमणपछि पनि हुन सक्छ । तर यो कोभिडकै आधारभूत लक्षण भने होइन ।
श्रवण शक्तिमा क्षय
एक वा दुबै कानमा श्रवण शक्ति क्षय भएर जानु कोभिड–१९ को लक्षण हुन सक्छ । वेल्समा गरिएको अध्ययनअनुसार करिब ८ प्रतिशतमा यस्तो समस्या देखिएको थियो । यो समस्या कोभिड संक्रमणमुक्त भइसकेपछि पनि निरन्तर भइरहेको देखिएको छ ।
रिंगटा/चक्कर लाग्नु
रिंगटा वा चक्करलाई कुनै पनि आधिकारिक संस्था वा अधिकारीले कोरोनाको लक्षण भनेर बतएका छैनन् । तर हाल कोरोना संक्रमितमा रिंगटा वा चक्कर लाग्ने लक्षण पनि देखिएको बताइएको छ । यस्तो लक्षण अन्य लक्षणहरू देखा नपरेका संक्रमितमा देखिएको बताइएको छ ।
यस्तो कानमा हानि वा समस्या भएमा हुन सक्छ । कानको समस्याबाट चक्कर लाग्ने समस्या करिब ११ प्रतिशत रहेको अध्ययनले देखाएको छ । यसले व्यक्तिले सन्तुलन गुमाउने र जमिन घुमिरहे जस्तो लाग्ने महसुस गर्छ । त्यसपछि उसलाई बान्तासमेत आउन सक्छ ।
तपाईँको अभिमत