१० प्रतिशतको निःशुल्क उपचार गरेको विवरण १० गतेभित्र महानगरमा बुझाउनु पर्ने
काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य संस्थाले अब हरेक महिना विपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचार गरेको जानकारी बुझाउनु पर्ने भएको छ।
निशुल्क उपचार गरिएको बिरामीको सूची हरेक महिनाको १० गतेभित्र महानगरमा बुझाउन उर्दी जारी गर्नुभएको छ ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्डमा उल्लेख भएअनुसार अस्पतालका १० प्रतिशत शैय्या छुट्याई विपन्न, असहाय, बेवारिसे बिरामीका लागि निशुल्क उपचार गर्नुपर्ने हुन्छ ।
लक्षित वर्गबाट निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस नगरे तथा हरेक महिनाको १० गते सम्म नबुझाए नियमानुसार कारवाही हुने चेतावनी बालेनले दिनुभएको छ।
शुक्रबार सूचना जारी गरी महानगरले विपन्न, असहाय र बेवारिसे बिरामीलाई निशुल्क उपचार गर्नुपर्ने नियममा कडाइकासाथ लागू गर्ने आग्रह गरेको थियो ।
तपाईँको अभिमत