सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा.युवानिधि बसौला
अ +
अ -
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निर्देशक परिवर्तन भएको छ । टेकु अस्पतालको निर्देशक रहनुभएकी डा.डा मनिषा रावललाई हटाएर डा.युवानिधि बसौला निर्देशकको जिम्मेवारी दिइएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निर्देशक हेरफर गरेको होे ।
डा.बसौलाले आजैबाट कार्यभार सम्हालेको जानकारी दिनुभयो ।
यस्तै उक्त अस्पतालकी निर्देशक डा मनिषा रावलको सार्क क्षयरोग केन्द्रमा सरुवा भएको छ। सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई वीर अस्पतालमा पठाइएको छ।
तपाईँको अभिमत