अधिकांश प्रदेशमा आज पानी पर्ने, चार प्रदेशमा हिमपातको समेत सम्भावना

आज दिउँसो अधिकांश प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना रहेको हो ।
कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज रातिसमेत कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको हुनसक्ने सम्भावना रहेको छ । हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल स्थानीय तथा पश्चिमी वायुको प्रभावसँगे बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण वर्षा भइरहेको हो ।
तपाईँको अभिमत