करिब डेढ लाख पर्ने पक्षघातको उपचारमा प्रयोग हुने औषधि निःशुल्क दिइने

फाइल तस्बिर
अ +
अ -
पक्षघातको उपचारमा प्रयोग हुने औषधि निःशुल्क गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले एक मात्राको डेढ लाख पर्ने औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको हो ।
थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गइरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । जुन औषधिको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । उक्त औषधि सहजै उपलब्ध नहुने भएकाले धेरैको ज्यान गइरहेकाले मन्त्रालयले यस औषधिको प्राप्ति र सहज उपलब्ध गराउन पहल गरिने बताइएको छ ।
रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ।
तपाईँको अभिमत