मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी र बागमती प्रदेशका केही स्थानमा तीन दिनसम्म पानी पर्ने देखिएको छ । मंगलबार र बुधबार हल्का र मध्यम वर्षा भएपनि कोशी प्रदेशका केही स्थानमा बिहीबार भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार मौसम सामान्यतः सफा रहेपनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
बुधबार पनि मौसम मुख्यतया सफा रहेपनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जसहित हल्का वर्षा हुनसक्नेछ । राति कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो भने मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ ।
त्यस्तै बिहीबार कोशी प्रदेशको केही स्थानमा दिउँसो भारी वर्षा हुनसक्ने देखिएको छ । अन्य स्थानमा भने मौसम सामान्यतः सफा रहनेछ ।
तपाईँको अभिमत