२४ घण्टामा १० संक्रमितको मृत्यु, संख्या ४७७
अ +
अ -
काठमाडौं । नेपालमा २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ पुरुष र १ महिला संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा बाराका २० वर्ष, ललितपुरका ४२ वर्ष र ७७ वर्ष, काठमाडौंकी ५० वर्षकी महिला तथा ६१ वर्ष, ६२ वर्षका पुरुष रहनुभएको छ । यस्तै रुपन्देहीका ७२, बर्दियाका ६३ र ५० वर्षका पुरुष र अछामका ३४ वर्षका पुरुषको मृतयु भएको छ ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।
तपाईँको अभिमत