कर्मचारी चढेको गाडी दुर्घटना : घाइतेमध्ये एक जनाको मृत्यु

अ +
अ -
सोमबार राति सर्लाहीमा भएको कर्मचारीको गाडी दुर्घटना घाइते भएका एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार वागमती नगरपालिका–११ का घिमिरे नापी कार्यालय सर्लाहीमा कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
गम्भीर घाइते रहनुभएका उहाँको बाराको कलैयास्थित एलेक्स न्युरो अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको नापी कार्यालय प्रमुख सन्जय मानन्धरसहितका कर्मचारी सवार गाडी सोमबार राति दुर्घटना भएको थियो ।
मानन्धरसहित केही घाइतेको अवस्था गम्भीर रहेको छ ।
उक्त घटनामा १० जना घाइते भएका थिए । घाइतेमध्ये ५ जनाको कलैयामा, ४ जनाको वीरगन्ज र एक जनाको मलंगवामा उपचार भइरहेको छ ।
तपाईँको अभिमत