हेमोफिलिया रोगका बिरामीलाई आइपुग्यो पाँच प्रकारका औषधि

विश्व हेमोफिलिया महासंघले हेमोफिलिया रोगका बिरामीका लागि पाँच प्रकारका औषधि पठाएको छ । हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधि नेपाल आइपुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच गत फागुन ४ गते भएको सम्झौताअनुसार पाँच प्रकारका औषधि नेपाल आएको हो।
वंशाणुगत रूपमा रगत नजम्ने समस्या परेका नागरिकलाई यो औषधि निःशुल्क उपलब्ध हुने छ।
सम्झौताअनुसारको औाषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया सुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिनुभयो ।
मन्त्रालयले संघीय राजधानी काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधि वितरण गर्ने योजना बनाएको छ।
यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधि पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ।
निकै महँगो औषधि अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफै व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए।
त्यसअनुसार औषधि व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता भएपछि वितरणको प्रक्रिया सुरु भएको हो।
तपाईँको अभिमत