बिरामीका आफन्तले हप्काएपछि ४ डाक्टरको राजीनामा

सुनसरीको बराह क्षेत्र नगरपालिकामा रहेको चतरा अस्पतालका ४ डाक्टरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
बराह क्षेत्र नगरपालिका–२ स्थित चतरा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक विष्णु भण्डारीसहित ४ जनाले सामुहिक राजीनामा दिनुभएको हो । राजीनामा दिने तीन मेडिकल अधिकृतमा विवके बर्मा, विकास दास र सुरज थापा मगर हुनुहुन्छ ।
चिकित्सकका अनुसार बुधबार आफ्नी आमालाई फलोअप उपचारका लागि ल्याएका एक व्यक्तिले ड्यूटीमा रहेको व्यक्तिले दुर्व्यवहार गरेका थिए ।
गलत औषधि लेखिदिएको भन्दै ओपीडी ड्यूटीमा रहेका डाक्टरलाई आएर तथानाम भन्दै गाली गरेको डाक्टरहरुको आरोप छ । ती व्यक्तिले आरोप लगाएजस्तो गलत औषधि नलेखिएको भनाइ डाक्टरहरुको छ ।
अस्पतालमा ठूलो–ठूलो स्वरमा हल्ला भएपछि बुझ्न आएका अन्य चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत ती व्यक्तिले दुर्व्यवहार गरेको आरोप डाक्टरको छ ।
घटनालाई अस्पताल व्यवस्थापन र बराह क्षेत्र नगरपालिकाका मेयरले समेत सामान्य ठानेर दोषीलाई उन्मुत्ति दिएको डाक्टरहरुले बताएका छन् ।
कार्य क्षेत्रमा असुरक्षित महसुस गरेको भन्दै राजीनामा दिएको उहाँहरुले बताउनुभएको छ ।
यही विषयमा छलफल गर्न अहिले बिहान अस्पतालमा बैठक बसिरहेको र समस्या समाधान हुने अस्तपालका सुचना अधिकारी योगेन्द्र कट्टेलले जानकारी दिनुभएको छ ।
तपाईँको अभिमत