काठमाडौं उपत्यकामा १२६१ संक्रमित थपिए
अ +
अ -
काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २६१ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका २ हजार ५६९ संक्रमितमध्ये १ हजार २६१ जना काठमाडौं उपत्यकाका छन् ।
आज काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जनालाई कोरोना पुष्टि भएको छ । २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भयो ।
२४ घण्टामा १ हजार ६६६ जना संक्रमणमुक्त भए । यो सँगै निको हुनेको संख्या १ लाख ६२ हजार पुगेको छ । यस्तै २६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १७४ पुगेको छ ।
तपाईँको अभिमत