धुम्रपानरहित दिवसमा कस-कसले पाए स्वास्थ्यमन्त्री ब्लूम्बर्ग पुरस्कार ?

स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार ६ व्यक्ति तथा संस्थालाई प्रदान गरिएको छ । विश्व धुम्रपानरहित दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको हो।
३ व्यक्ति र ३ संस्था तथा निकायलाई पुरस्कार प्रदान गरिएको छ। पुरस्कार पाउनेमा डा.रीता थापा, स्वास्थ्य पत्रकार पदमराज जोशी, स्वस्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा.भक्तबहादुर केसी हुनुहुन्छ । त्यसैगरी नेपाल विकास अनुसन्धान प्रतिष्ठान, एक्सन नेपाल र विराटनगर महानगरपालिकाले पनि स्वास्थ्यमन्त्री ब्लूम्बर्ग पुरस्कार पाएका छन् ।
सुर्तीजन्य जन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुयाउने व्यक्ति, संघसंस्था, कानुन कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीलाई यो अवार्ड दिइने गरिएको छ ।
यसअघि २०७६ सालमा पहिलो पटक ६ वटा विधामा यो पुरस्कार प्रदान गरिएको थियो। त्यसयता पुरस्कार वितरण गरिएको थिएन। ४ वर्षपछि यसलाई निरन्तरता दिइएको हो।
पुरस्कारको राशी ५० हजार रहेको छ ।
तपाईँको अभिमत