मिर्गौला स्वस्थ राख्ने पाँच उपाय
मिर्गौला मानिसको महत्वपूर्ण अङ्ग हो । कुनै बेला सामान्य गल्तीका कारण मिर्गौलामा खराबी आउन सक्छ । त्यसैले मिर्गौला स्वस्थ राख्न विभिन्न कुरामा ध्यान दिन जरुरी छ । यहाँ मिर्गौलालाई स्वस्थ राख्ने केही उपाय प्रस्तुत गरिएको छ ।
पर्याप्त पानी पिउने
शरीरलाई आवश्यक पर्ने पानी पिउनुपर्छ । पानी प्रशस्त पिएको राम्रो हुन्छ । जसले गर्दा मिर्गौलामा जम्मा हुनसक्ने बिकार पिसाबमार्फत् बाहिर जान सक्छ । त्यसैले चिकित्सकले सल्लाह नदिएसम्म प्रत्येक दिन ८–१० ग्लास पानी पिउनु राम्रो हुन्छ ।
नियन्त्रित रूपमा नुन खाने
नुन स्वास्थ्यका लागि आवश्यक तत्व हो । तर धेरै खान पनि स्वास्थ्यका लागि खराब हुनसक्छ । मिर्गौलालाई स्वस्थ राख्न नुनको सेवन नियन्त्रित हुनुपर्छ । प्रशोधित खानेकुरा कम खाने र ताजा खानेकुरा खाने गर्नु मिर्गौला स्वास्थ्यका लागि राम्रो हुन्छ ।
सन्तुलित भोजन गर्ने
सन्तुलित भोजन समग्र स्वास्थ्यकै लागि राम्रो हुन्छ । मिर्गौला स्वस्थ राख्न सागसब्जी, गेडागुडी, पूर्ण फल जस्ता खानेकुरा खानुपर्छ । रातो मासु र तारेका खानेकुरा खानु हुँदैन ।
रक्तचाप नियन्त्रणमा राख्ने
उच्च रक्तचाप मिर्गौला खराबीको एक प्रमुख कारण हो । नियमित शारिरीक व्यायाम, मेडिटेसन जस्ता कुराले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
रगतमा चिनीको मात्रा जाँच गरिरहने
तपाईँमा मधुमेह छ र रगतमा चिनीकोको मात्रा नियन्त्रित छैन भने मिर्गौला खराब हुने सम्भावना बढी हुन्छ । समय समयमा रगतमा चिनीको मात्रा नापिरहनुपर्छ, ताकि नियन्त्रित राख्न सकियोस् । यसको लागि चिकित्सकको सल्लाह लिने तथा सन्तुलित आहार खाने गर्नुपर्छ ।
तपाईँको अभिमत