राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १९औँ कलेजो प्रत्यारोपण
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १९औँ कलेजो प्रत्यारोपण भएको छ । यही माघ २१ गते एक पुरुषको कलेजो प्रत्यारोपण भएको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार मोरङ विराटनगरका ६१ वर्षीय ती पुरुषलाई उनकै ५१ वर्षीया श्रीमतीले कलेजो दान दिएकी थिइन्।
नेपालमा प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपण भएको हो । डा. श्रेष्ठको नेतृत्वमा यस वर्ष मात्रै १० जनाको कलेजो प्रत्यारोपण भइसकेको छ।
सन २०१६ मा नेपालमै पहिलो पटक केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो । केन्द्रले एक जना भारतीय विशेषज्ञको उपस्थितमा पछिल्ला कलेजो प्रत्यारोपण गर्दै आएको छ ।
केन्द्रमा कलेजो प्रत्यारोपण गराउँदा १५ देखि २० लाख खर्च हुने गरेको छ । यो खर्च कलेजो प्रत्यारोपणमा संसारकै सस्तो रहेको दावी केन्द्रको छ ।
भारतीय चिकित्सकको भूमिका अकस्मात् जटिलता देखिएमा नियन्त्रण गर्ने मात्रै रहेको छ । केन्द्र स्थापना भएयता १२०३ जनाको सफल मिर्गाैला प्रत्यारोपण समेत गरिसकेको छ ।
तपाईँको अभिमत