मौसम पूर्वानुमान : कोशी र वागमतीका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना, कहाँ के हुन्छ ?

अ +
अ -
आज कोशी र वागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत वर्षाको सम्भावना रहेको हो ।
पछिल्लो समय मनसुन कमजोर बन्दै गएपनि केही स्थानमा वर्षा हुने सम्भावना देखिएको हो । महाशाखाले दिएको जानकारी अनुसार आज राति गण्डकी प्रदेशके पहाडी भूभागका एक–दुई स्थानमासमेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
अन्य स्थानमा भने मौसम सामान्यतः सफा रहनेछ ।
शनिबार पनि कोशी, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मुलुकभरको पहाडी भू–भागमा आंशिक बदली रहे पनि मुख्यतया मौसम सफा रहने छ ।
तपाईँको अभिमत