गर्मीका कारण मक्कामा १३०० बढी हजयात्रीको मृत्यु

अ +
अ -
अत्यधिक गर्मीका कारण साउदीको मक्का मदिनामा १३०० बढी हजयात्रीको मृत्यु भएको छ । गार्जियन समाचारका अनुसार १३०१ जनाको गर्मीका कारण मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा अवैध बाटोबाट जानेहरू धेरै रहेको बताइएको छ। अधिकारीहरूका ८३ प्रतिशत मृतकहरू अवैध बाटोबाट र कुनैपनि स्वास्थ्य सुरक्षा नअपनाइ आएकाहरू छन्।
मृतकहरू अधिकांश बालबालिका र बिरामी वृद्ध वृद्धाहरू रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।
मृत्यु हुनेको यकिन सङ्ख्याका बारे साउदीले हालसम्म केही बोलेको छैन । यद्यपि शुक्रबार साउदीका एक वरिष्ठ अधिकारीेले ५७७ जनाको मृत्यु भएको बताएका थिए ।
तपाईँको अभिमत