थोरै तरकारी किन्दा प्रहरीको फन्दामा
काठमाडौं,२० चैत । काठमाडौंको कालिमाटी तरकारी बजारमा थोरै परिमाणमा तरकारी किन्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तरकारी किन्ने नाममा बाहिर निस्कने क्रम बढेपछि प्रहरीले थोरै तरकारी किन्नेहरुलाई ३ घण्टा नियन्त्रणमा लिई सम्झाईबुझाई घर पठाएको प्रहरीले जनाएको छ । दिनहुँ तरकारी किन्ने बहानामा बाहिर निस्की लकडाउन उल्लंघन गरेकाले अब देखि धेरै दिनलाई पुग्ने गरी तरकारी किन्न आग्रह गरिएको कालिमाटी प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो ।
४ दिनमा विभिन्न बहानामा लकडाउन उलंगन गर्ने र थोरै तरकारी किन्न आएका १ हजार ४० जनालाई नियन्त्रणमा लिई छाडिएको उहाँले बताउनुभयो । उहाँले कोरोना भाइरस रोग संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनमा जथाभावी घरबाट बाहिर ननिस्की संक्रमण रोकथामको अभियानमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
तपाईँको अभिमत