छैठौं संक्रमित पाचौ संगै बेल्जियमबाट आउनुभएकी
काठमाडौं, २० चैत । आज कोरोना भाइरस रोगको संक्रमण देखिएकी महिला बाग्लुङकी युवतीसंगै आउनुभएकी बृद्दा रहनुभएको छ । ती बृद्दा र पाचौं संक्रमित बेल्जियमबाट कतार हुँदै संगै आएका थिए । ४ गते बेल्जियमबाट कतार हुँदै आएका उहाँहरु सोही दिन विमान मार्फत पोखरा जानुभएको थियो र त्यहाँबाट माइक्रोमा बाग्लुङ जानुभएको थियो ।
स्रोतका अनुसार १९ वर्षकी युवतीलाई कोरोनाको पुष्टि भएपछि ६५ वर्षकी बृद्दालाई घरमा नै क्वारेन्टाइनमा राखिएको थियो । घरमा छँदा नै नमुना परीक्षण गरिएकोमा आज रिपोर्ट पोजेटिभ आएको पुष्टि गरिएको हो ।युवती धौलागिरि अञ्चल अस्पतालमा सामान्य अवस्थामा उपचाररत हुनुन्छ ।
हालसम्म क्यूआर ६५२ विमानमा आएका तीन जनामा संक्रमण देखियो
१. बेल्जियबाट कतार हुँदै आउनुभएकी १९ वर्षकी युवतीसंगै बाग्लुङकी ६५ वर्षकी बृद्दालाई संक्रमण भएको आज पुष्टि भयो ।
२.फ्रान्सबाट कतार हुुँदै आउनुभएकी १९ वर्षकी युवतीलाई चैत १० गते संक्रमणको पुष्टी भएको थियो । उहाँ नेपालको दोस्रो संक्रमित हुनुन्छ । घरमा नै क्वारेन्टाइनमा रहेको अवस्थामा लक्षण देखिएपछि नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो र उहाँ अहिले सामान्य अवस्थामा शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत हुनुन्छ ।
३.बेल्जियबाट कतार हुँदै आउनुभएकी बाग्लुङकी १९ वर्षकी युवतीलाई चैत १५ गते संक्रमणको पुष्टि भएको थियो । उहाँ पाचौ संक्रमित हो । उहाँ पनि सामान्य अवस्थामा धौलागिरि अञ्चल अस्पतालमा उपचाररत हुनुन्छ ।
तपाईँको अभिमत